Written Stories

MDGP डाक्टरले गर्दा गर्भवती महिलाको ज्यान जोगियो

10 Sep, 2016 By: Hari Devi Khanal

चकमन्न मध्यरात करीव ११ बजे जुम्ला नजिक भौगोलिक बनावटबाट ठगिएको कालीकोट, पाखा १ निवासी भिमकोसा मल्ल अध्यारोमा यातायातको सुविधा सर्वसुलभ नभएको कारण स्ट्रेचरमा करीव ८ घण्टाको कठीन यात्रा पार गर्दै अस्पताल आइपुगी गर्भ जाँच गर्दा full term को थियो तर उनको गर्भ tranverse lie थियो । tranverse lie मा C/S नितान्त आवश्यक हुन्छ । तर के गर्न दुर्भाग्य कालीकोट जिल्लामा विजुली गएको नि डेढ महिना भइसकेको थियो । गरीवले च्यापिएको कालीकोटमा यिनी १ महिना अघि गर्भ जाँच गर्दा तल्लो पेट दुख्ने समस्या लिएर आउँदा डाक्टरले pregnency मा complication छ भनेर यहाँ भन्दा Higher center  मा Refer  गरे तापनि गरिवीको कारणले जान नसकेकी रहेछ । अव प्रसुती व्यथाद्वारा छटपटिएकी भीमकोसाको Tranverse lie  भएकोले C/S को लागि तयारी गरी Blood investigation, pre operative medication + care दिइयो र EMR C/S  गर्ने निर्णय गरियो ।

भौतिक सामान र सुविधा अभावको वावजूद पनि करीव रातको १२ः१२ बजेतिर भाग्यमानी कालिकोटले पाएको MDGP Doctor Subash Chaudhary द्वारा incision दिनुभयो । तर अचम्म के भयो भने incision दिएर peritoneum खोल्दा त uterus नदेखी नै बच्चाको हात त आमाको instestine (आन्द्रासँग) टासिएको देखियो । जबकि Uterus  को incision नै नदिइ बच्चा करीव १ः१५ मा सकुसल निकाल्न हाम्रो operation टोली सफल भयो । यस्तो जटिलता भेटियो कि placenta पनि omentum, bowelर uterusक को माथिल्लो भागसँग जटिलसँगै टासिएको थियो जुन छुट्याउन करीब करीब ३ घण्टाको घनीभूत परिश्रमबाट हाम्रो टोली सफल भयो । यसरी यिनको post operative diagnosis abdominal pregnancy  भयो तर दुर्भाग्य के भयो त OT को मध्यतिर solar काम गरेन र bleeding पनि धेरै भयो जसलाई control गर्न ११ वटा suture matrial (catqut), vicryl चाहियो । यसरी भिमकोसा र भिमकोसाको नवशिशुले यस धर्तीमा नयाँ जीवन पाउन सफल भइन् ।

सारांशमा, भौगोलिकले ठगिएको दुर्गममा गनिएको नेपालको कान्छो जिल्ला कालीकोटमा आज यस्तो अवस्थामा Nick Simon  जस्तो उदारवादी संस्था र जसद्धारा खटिएका दिनरात नभनी आफ्नो अमूल्य समय, परिश्रम, ज्ञान, सीपको प्रयोग गर्दै अथक सदा सर्वदा हरपल कालीकोटका गरीव जनताको सेवामा समर्पित MDGP doctors  हरु नभैदिएको भए आज २१ औं शताव्दी भएपनि प्रकृतिले ठगिएको, विकास पूर्वाधारबाट पिछडिएको कालीकोटले भिमकोसामात्रै होइन उ जस्तै हजारौं आमाहरु र उनको जस्तै गर्भे शिशुलाई यस धर्तीमा पाइला टेक्न नपाउँदै अकालमै ज्यान गुमाउन पथ्र्यो होला हैन । एकचोटी सोचौं त ।

हरिदेवि खनाल
स्टाफ नर्स
कालिकोट जिल्ला अस्पताल

Share this: