Written Stories

आफ्नै प्रयासले क्षयरोग प्रयोगशालाको स्थापना

11 Sep, 2016 By: Prem Shah

मध्यपश्चिम विकास क्षेत्र भेरी अञ्चल बाँके जिल्ला चिसापानी गा.वि.स. बाँके जिल्लाको उत्तरी भागको अन्तिम गा.वि.स. हो । जुन सुर्खेत र बर्दियाको सिमानाको रुपमा अवस्थित छ । यहाँको जनसंख्या ६१७९ छ । यहाँ क्षेत्री, थारु, ठकुरी, बाहुन, गुरुङ्ग, मगर, मुस्लिम, आदिको समिश्रण बसोबास रहेको छ । वि.स. २०३५ सालमा रारा राष्ट्रिय निकुञ्ज घोषणा गरेको हुँदा यहाँ कर्णाली अञ्चल मुगु जिल्ला राराबाट बसाइ सराई गरी आएका बासिन्दाहरुको परिवार मध्येको एक म पनि हुँ । जीवनमा मैले आफैमा सकारात्मक काम गर्न नसकेपनि ममा २०५८÷५९ मा एक किसिमको तरंग उत्पनी भयो जुन कुराले उपस्वास्थ्य चौकी चिसापानी आज यो अवस्थासम्म आईपुग्यो । जसलाई हामी गर्व गर्दछौं तर घमण्ड होईन ।   मैले अहेव कर्णाली प्राविधिक शिक्षालय जुम्लामा २०४६ देखि २०५० सम्म पढ्दा सिकेको व्यवहार भनेको सानो भन्दा सानो काम अत्यन्त महत्वका साथ पूर्णरुपले गर्ने र जनस्वास्थ्य कार्यमा प्रतिरोधात्मक तथा रोकथामका कार्य गर्ने । म.स्वा.स्व.से. लाई समुदायमा सदैब आफ्नो कार्यप्रति जिम्मेवार बनाउने, सल्लाह सुझाव दिने, उपस्वास्थ्य चौकीका हरेक कार्यलाई समुदाय स्तरसम्मि पु¥याउने र उनीहरुलाई सदैब उत्प्रेरणाको श्रोत बनाउने अनि आफ्नो देश र माटो प्रति सदैब समर्पित भई काम गर्ने अनि राजनीतिक माहौल देखि टाढा रहनुपर्छ भन्ने मेरो सोच हो । त्यसैले होला हाम्रो कार्य देशमै सन्देश दिने खालको उत्प्रेरणा दिने खालको भएपनि आजसम्म हाम्रा क्रियाकलापहरु ओझेलमै परेका छन् । मलाई के लाग्छ भने कार्यालय समय पुरा बिताउने र राजनैतिक नकारात्मक हस्तक्षेप विरुद्ध उभिने हो र आफ्नो सोच सदैब संस्थाको उन्नतिका लागि आत्मसाथ गर्ने हो भने साच्चै भन्नु पर्दा सोचेको काम ढिलो होला तर एक दिन त्यो पुरा हुन्छ । यही मान्यता र धेरै नमुनाको विवरण छोटकरीमा प्रस्तुत गर्दछु ।   २०६५ सालको फाल्गुणमा डट्स कमिटिका अध्यक्ष श्री पुनीतविक्रम शाहज्यूको अगुवाईमा रारा मानवीय तथा वातावरणीय श्रोत विकास प्रयास (रेरी) मार्फत हाम्रो संस्थालाई माइक्रोस्कोप उपलब्ध गराइयो । त्यति बेला सो सो माइक्रोस्कोप यस क्षेत्रमै नयाँ र आधुनिक किसिमको हो । हामीसँग रकम नभएको हुँदा र राज्यको नीति नियम हालसम्म पनि उपस्वास्थ्य चौकीको लागि नभएको हुँदा सो माइक्रोस्कोप चलाउनको लागि ल्याव टेक्निसियनको अभाव थियो । सो कार्य मेरो कार्यभित्र नपरेपनि सो कार्य मैले गर्न सक्छु भन्ने विभिन्न रायसल्लाह र विज्ञबाट पत्ता लगाई त्यसलाई जीवन्त दिने आर्थिक सुविधा बिना नै मैले सो कार्य आफैं गर्ने निश्चय गरें । सो सम्बन्धी तालिम र प्रयोगशाला आधिकारिक बनाउन जि.ज.स्वा.का. बाँकेका क्षय, कुष्ठ अधिकृत श्री नोद नारायण चौधरीज्यूले मिलाईदिनु भयो र आइ.एन.एफ बाँकेबाट क्षयरोग खकार जाँचको तालिम लिए र सो कार्य आजसम्म निरन्तर चलिरहेको छ ।   हाल यो कार्य मध्यपश्चिम विकास क्षेत्र कै क्वालिटीको लागि नमुनाको रुपमा लिएको छ । जुन कुरा देशले सिक्नुपर्छ होल भन्ने लाग्छ । आफ्नै श्रोत साधनले यसरी चलेको विना आर्थिकले चल्ने सायद यो नै नेपालको पहिलो हुनुपर्छ होला भन्ने मलाई लाग्दछ । आर्थिक रुपमा कुरा पर्दा मासिक दश÷बाह्र हजारले बार्षिक एकलाख बीस हजारदेखि एक लाख चौवालिस हजारसम्मको खर्च राज्यलाई अर्थात समुदायलाई मैले नै सहयोग पु¥याएको छु भन्ने लाग्दछ । साँच्चै भन्ने हो भने त्यो भन्दा बढी रकम खर्च भईरहने प्रयोगशाला र हाम्रो प्रयोगशालाको क्वालिटीको जाँच गर्दापनि थाहा हुन्छ । यसरी राज्यले यस्ता कार्यलाई संरक्षण र सम्बद्र्धन गर्ने हो भने अन्य संस्थाहरुको जन्म हुनसक्छ होला । यसैमा हाम्रो कल्याण र देश सम्बृद्ध हुन्छ भन्ने आशा छ । हाल यो प्रयोगशाला भवनको अभावमा उपस्वास्थ्य चौकी भवनको स्टोरबाट संचालन गरिएको छ र आशा गर्दछु निकट भविष्यमै प्रयोगशालाको लागि नयाँ भवन बनाउन सकिनेछ । यदि मेरो सोच वास्तविक रुपमा साकार भयो भने यहाँ आश्रित उपभोक्ता र स्वास्थ्य संस्था आफैले फड्को मार्नेछ भन्ने कुरामा विश्वस्त छु ।

प्रेम शाह
अहेव छैठौं
जि.ज.स्वा.का. बाँके अन्तर्गत चिसापानी उपस्वास्थ्य चौकी
मोवाइल नं. – ९८४८०२७२२९

Share this: