By Admin
01 Jul, 2022
Change in Leadership at NSI
The Executive Committee of NSI has appointed Dr. Archana Amatya as the new Executive Director of the institute. Her role at NSI as Executive Director will be effective from 17 August 2022....
निक साइमन्स इन्स्टिच्यूट एउटा नेपाली संस्था हो जसको मुख्य उद्देश्य तालिम तथा अस्पताल सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेको समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्नु रहेको छ । ग्रामीण समुदायका मानिसहरुमा स्वास्थ्य सेवाको पहुँच नपुग्नुमा देशको विकट पहाडी भूभाग तथा गरिवी प्रमुख बाधकको रुपमा रहेको छ । नेपालको आधाभन्दा बढी दुर्गम जिल्लाहरुमा अहिलेसम्म पनि शल्यक्रिया (अपरेशन) लगायतका आधारभूत आकस्मिक सेवाहरु पुग्न सकेको छैन ।
एनएसआई निम्न सिद्धान्तहरु अनुसरण गरी कार्य गर्दछ :
एनएसआईको स्थापना सन् २००६ मा एकजना अमेरिकी युवक निक साइमन्स, जो नेपालमा काम गर्थे र नेपाललाई धेरै माया गर्थे, को सम्झनामा भएको थियो । उनको सन् २००३ मा दुर्घटनामा परी देहवसान भएको थियो । यो संस्था विशिष्ट नेपाली बुद्धिजीवी तथा विज्ञहरुको समितिबाट संचालित छ ।
एनएसआईको मूल्य मान्यताहरु:
तालिम तथा अस्पताल सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेको समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्ने ।
कथाहरुले जानकारीका साथै हौसला प्रदान गर्दछ — जसबाट अवधारणा तथा नीतिहरु परिवर्तन हुनसक्छन् ।