हालको समाचार

वार्षिक एमडीजीपी वैठक

नोभेम्वर २७ र २८ का दिन एनएसआईले दुईदिने वार्षिक एमडीजीपी वैठकको आयोजना ग-यो । यो वैठकको मुख्य उद्देश्य जिल्ला अस्पतालहरुको परिणाम तथा अस्तापलहरुले भोगिरहेका समस्याहरुका बारेमा पुनर्मूल्यांकनका साथै जिल्ला अस्पतालहरुको सेवाको गुणस्तरमा थप सुधारका लागि योजना बनाउनु पनि रहेको थियो ।सो वैठकमा ग्रामीण कर्मचारी सहयोग कार्यक्रम (RSSP) लागू भएका जिल्ला अस्पतालहरुमा कार्यरत एमडीजीपी डाक्टरहरु तथा छात्रवृत्तिमा एमडीजीपी अध्ययनरत रेसिडेन्ट डाक्टरहरुको सहभागिता रहेको थियो । यसैगरी, स्वास्थ्य सचिव डा. किरण रेग्मी, PPICD प्रमुख डा. श्रीकृष्ण गिरी, चिकित्सा महाशाखा प्रमुख डा. विकास देवकोटा...

Share थप पढ्नुहोस्

DHIS-2 सम्बन्धी कार्यशाला

एनएसआईले व्यवस्थापन महाशाखासँग मिलेर अस्पतालको प्रतिवेदनहरु तथा DHIS-2 को ड्यासबोर्डबारे छलफल गर्न एकदिने कार्यशालाको आयोजना ग-यो । गत बर्षदेखि सबै अस्पतालहरुले मासिक प्रगति विवरणलाई DHIS-2 सफ्टवेयरको माध्यमबाट राख्ने योजना थियो । सो कार्यशालामा विभिन्न नौ अस्पतालका मेडिकल रिकर्डरहरुले भाग लिनुका साथै आफ्नो विचार व्यक्त गरेका थिए । जसको फलस्वरुप निकट भविष्यमा सबै अस्पतालहरुमा प्रयोग गर्नको लागि एउटै साझा ड्यासबोर्ड उपलब्ध गराईनेछ ।...

Share थप पढ्नुहोस्

DBEE चौथो व्याचको स्वागत समारोह कार्यक्रम

कात्तिक २१, २०७४ गतेका दिन राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्यूटले संयुक्त रुपमा डिप्लोमा इन बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ्गको चौथो व्याचलाई स्वागत गर्न कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशक श्री श्रीकृष्ण भट्ट तथा एनएसआईका कार्यकारी निर्देशक डा. अनिल ब. श्रेष्ठको उपस्थिति हुनाको साथै नयाँ व्याचलाई प्रेरणात्मक शव्दहरुले स्वागत गर्नुभएको थियो । साथै कार्यक्रममा तेश्रो व्याचका विद्यार्थीहरुले गीत, कविता तथा नृत्य प्रस्तुत गरी नयाँ साथीहरुको स्वागत गरेका थिए । यस नयाँ व्याचमा २४ जना विद्यार्थीहर...

Share थप पढ्नुहोस्

DBEE कार्यक्रम अन्तर्गत दोश्रो व्याचको दीक्षान्त समारोह

सन् २०१७ अक्टोवर ११, डा. जिम साइमन्स तथा डा. मेरिलिन साइमन्सले Diploma in Biomedical Equipment Engineering (DBEE) कार्यक्रम अन्तर्गतको दोश्रो व्याचको दीक्षान्त समारोहमा भाग लिनु भयो । यो कार्यक्रम CTEVT बाट मान्यता प्राप्त कार्यक्रम हो र निक साइमन्स इन्स्टिच्यूटको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित छ । यो व्याचमा १६ जना विद्यार्थीहरु दीक्षित भए । उक्त अवसरमा प्रमाणपत्रको अलावा दुईवटा पुरस्कारहरु (Academic Excellence Award and Outstanding Student award) पनि प्रदान गरिएको थियो । उक्त कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले आयोजना गरेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य सेवा विभागका नायव महानिर्देशक हुनुहुन्थ्यो ।...

Share थप पढ्नुहोस्

प्यूठान जिल्ला अस्पतालमा स्टाफ क्वार्टरको उद्घाटन तथा हस्तान्तरण

सन् २०१७ अक्टोवर १० मा डा. जिम साइमन्स तथा डा. मेरिलिन साइमन्सले प्यूठान जिल्ला अस्पतालको भ्रमण गर्नुभयो जुन निक साइमन्स इन्स्टिच्यूटले सहयोग गर्दै आएको १८ वटा जिल्ला अस्पताल मध्येको एक हो । सोही अवसरमा साइमन्स दम्पत्तीले स्टाफ क्वार्टरको उद्घाटन गरी प्यूठान जिल्ला अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय शाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको पनि उपस्थिति थियो । यसको अलावा निक साइमन्स इन्स्टिच्यूटको कार्य समितिको अध्यक्ष डा. भेषबहादुर थापा, कार्यकारी निर्देशक डा. अनिल व. श्रेष्ठ, जिल्ला समन...

Share थप पढ्नुहोस्

MLP तालिम सामाग्री परिमार्जन

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले निक साइमन्स इन्स्टिच्यूटको प्राविधिक सहयोगमा Mid-Level Practicum तालिमको पाठ्यक्रम परिमार्जन गर्दैछ । उक्त प्राविधिक विज्ञ समूहको नेतृत्व परामर्शदाता स्टिभ नोवल (जो Mid-Level Practicum तालिमको विकासमा संलग्न हुनुहुन्थ्यो) ले गर्दै हुनुहुन्छ र दुई हप्तामा कार्य सम्पन्न गर्दैछ । प्राविधिक विज्ञ समूहले तयार पारेको प्याकेजलाई तालिम केन्द्रको Technical Advisory Committee मा अनुमोदनको लागि पेश गरिनेछ । यो परिमार्जित पाठ्यक्रममा Chronic Disease र Trauma को खण्ड थपिनेछ । यो प्याकेजको अवधि पनि ६० दिनको हुनेछ ।प्राविधिक विज्ञ समूहको अन्य सदस्यहरुमा बयलपाटा अस्पताल, अछामका डा. सन्तोष ढुंगाना, भरतपुर...

Share थप पढ्नुहोस्