Continuous Medical Education (CME) ले जोगाएको एक जीवन
By: डा. अमृत पोखरेल05 Apr, 2019
मिति २०७५/८/२८ गते राति ३:३० बजे लेबर रूमबाट हाम्रो गाइनोकोलोजिस्ट डा. शंकर राउतलाई “गर्भको शिशुको मुटुको धड्कन सुन्न सकिएन, डाक्साप छिटो आउनु पर्यो” भनेर सिस्टरको कल आयो । डा. राउत उमेरले हाम्रो अस्पतालका सबै भन्दा पाको डाक्टर हुनुहुन्छ, तर वँहाको काम गर्ने जोश अनि उर्जा सबैभन्दा कान्छा डाक्टरको भन्दा धेरै गुणा बढी छ र हर प्रहर, चौबिसै घण्टा जहिले पनि तत्पर र साँच्चै भन्ने हो भने वँहाको समय आफ्नो कोठाभन्दा बढी लेबर रूम, OPD अनि इमर्जेन्सी कक्षमा बित्छ । सेवाभावले ओतप्रोत यी चिकित्सक तलबै नखाएर पनि बिगत पाँच महिनादेखि हाम्रो अस्पतालमा सेवारत छन् र यस्तै यस्तै कर्मठ अनि उर्जाशील युव...