हाम्रो बारेमा

निक साइमन्स इन्स्टिच्यूट एउटा गैरसरकारी परोपकारी संस्था हो जसको मुख्य उद्देश्य दुर्गम स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नु रहेको छ । यो संस्था पहिले प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको थियो । श्रावण ३२, २०७२ मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भई हाल गैर सरकारी संस्थाको रुपमा कार्यरत रहेको छ ।

एनएसआईको ध्येय :

तालिम तथा अस्पताल सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेका समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्ने ।

एनएसआईको परिदृश्य :

दुर्गम नेपालका बासिन्दाहरुले उनीहरु कै समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछ ।

एनएसआईको उद्देश्यहरु :

  • दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरुको लागि स्वास्थ्य सेवामा सुधार गर्ने ।
  • दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य सम्बन्धी समस्याहरुलाई पहिचान गरी समाधानको लागि कार्य गर्ने ।

 

Share this:
निक साइमन्स इन्स्टिच्यूट