हाम्रो ध्येय
तालिम तथा अस्पताल सहयोगको माध्यमबाट ग्रामीण स्वास्थ्यसेवामा रहेका समस्याहरु समाधानको उपायहरु पत्ता लगाई तिनीहरुको स्तरवृद्धिको लागि नेपाल सरकारसँग पैरवी गर्ने ।
औचित्यता
एनएसआईको तीन कार्यक्रमका क्षेत्रहरु तालिम, जिल्ला अस्पताल सहयोग र एड्भोकेसी नेपालको स्वास्थ्य सेवाको स्थितिबाट सिर्जना भएका हुन् ।
(१) नेपालमा ग्रामीण र शहरी क्षेत्रको स्वास्थ्य सेवा बीच ठूलो खाडल रहेको छ ।
काठमाडौंमा बस्ने मानिसहरुको पहुँच न्यूरोसर्जरी, कार्डियका सर्जरी लगायत अन्य अत्याधुनिक जाँचहरुमा पहुँच छ भने ग्रामीण भेगका मानिसहरुले भिन्न परिस्थितिको सामना गर्नुपर्दछ ।
- ६०% जिल्ला अस्पतालहरुले कुनै पनि शल्यक्रियाको सेवा संचालन गर्दैनन् ।१
- ग्रामीण नेपालमा डाक्टरहरुको उपस्थिति ४० गुणा कम छ ।२
- ग्रामीण क्षेत्रमा शहरी क्षेत्रको तुलनामा चार गुणा कम दक्ष प्रसुति सहयोगीहरु छन् ३
(२) रोग निवारण सेवाहरु भन्दा जनस्वास्थ्य सेवाहरु धेरै राम्रा छन् ।
- खोपको सेवा लिएकाहरुको औसत ९०% छ भने परिवार नियोजनको सेवा पनि सुधारोन्मुख रहेको छ ।४
- जनस्वास्थ्यको स्थिति नेपालको धनी छिमेकी राष्ट्रहरुको सरह राम्रो छ ।
- जिल्ला स्तरमा रोग निवारण सेवाहरुको तुलनामा जनस्वास्थ्य सेवा तर्फको वित्तीय सहयोग (तालिम लगायत) धेरै गुणा बढी छ ।
(३) स्वास्थ्य सेवा प्रणालीको केन्द्रविन्दु भनेको स्वास्थ्यकर्मीहरु हुन् ।
- हालसम्म अस्पतालहरुमा आवश्यकता भन्दा कम कर्मचारीहरु, विशेषतः डाक्टरहरु तथा नर्सहरु, भए तापनि सरकारी भवनहरु निरन्तर बढ्दै छन् ।
- प्रमुख कामदारहरु थपिनाले अस्पताल परिवर्तन भएको देखिएको छ ।
- नेपालको National Health Sector Program ले स्वास्थ्यकर्मीहरुको विकासमा केन्द्रित गरेको छ ।
(४) स्वास्थ्यकर्मीहरुको सुधार गर्न अनेक प्रकारको पद्दतिको आवश्यकता पर्दछ ।
- मुख्य विषयहरुमा आधारित सेवाकालीन तालिमले स्वास्थ्य सेवामा ठूलो प्रभाव पारेको छ ।
- उत्कृष्ठ तालिम कार्यक्रम हासिल गरेका स्वास्थ्यकर्मीहरु पनि उपयुक्त वातावरण नहुनाले हतोत्साहित भएका छन् ।
- सहयोग कार्यक्रमले तालिम कार्यक्रमलाई पृष्ठपोषण दिन्छ ।
- विभिन्न कार्यक्रमहरूबाट संकलित सूचनाहरुले सो कार्यक्रमहरुको अन्य पक्षहरूलाई पैरवी गर्न सहयोग पु-याउँछ ।
१. Family Health Division. Survey of District Hospitals. 2011. Government of Nepal
२. Nick Simons Institute. Unpublished Data. 2009.
३. Nepal Health Sector Program-Implementation Plan 2. 2011. Government of Nepal
४. Demographic Health Survey. 2011. Government of Nepal