सम्मेलनहरू

सम्मेलनहरु

ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलन

प्रत्येक वर्ष, एनएसआई र स्वास्थ्य सेवा विभागले संयुक्त रुपमा नेपालभरिका स्वास्थ्यकर्मीहरूका लागि तीन दिने सम्मेलनको आयोजना गर्दछ ।

देशको सबै क्षेत्रहरूबाट नर्सहरू, डाक्टरहरू, पारामेडिकहरू तथा प्रशासकहरू सहभागी हुन्छन्,  प्रायः ५० भन्दा बढी जिल्लाहरुबाट प्रतिनिधित्व हुने गर्दछ । यो कार्यक्रमको मुख्य उद्देश्यहरू निम्न रहेको छ :
 

  • ग्रामीण क्षेत्रमा रही काम गर्ने स्वास्थ्यकर्मीहरुको बीच सञ्जाल निर्माण गर्ने तथा आफूले काम गर्दा भोगेका चुनौतिहरुको आदानप्रदान र खुशीयालीहरु साटासाट
    गर्ने ।
  • निरन्तर चिकित्सा शिक्षा (CME)
  • सरकार र ग्रामीण स्वास्थ्यकर्मी वीच विचार आदानप्रदानको लागि मञ्च प्रदान
    गर्ने ।


सम्मेलनमा सहभागी हुन प्रत्येक स्वास्थ्यकर्मीले कार्यरत आफ्नो संस्थामा गरेको अनुभवको आधारमा एउटा केश स्टडी पेश गर्नुपर्दछ । त्यो केश स्टडीलाई आफ्नो समूहमा प्रस्तुत गरिन्छ र समूहमा उत्कृष्ट केश स्टडीलाई सरकारी अधिकारीहरू संलग्न प्लेनरी सेसनमा प्रस्तुत गरिन्छ ।

स्वास्थ्यकर्मीहरूले कैयौं महत्वपूर्ण चिकित्सकीय क्षेत्रहरूको पहिचान गरेका छन् । एनएसआईले ती आवश्यकताहरूलाई पूरा गर्न विज्ञहरूसँगको सहकार्यमा छोटो निरन्तर चिकित्सा शिक्षाको विकास गरेको छ । यसमा प्राथमिक आँखा उपचार, चोटपटकको उपचार, हाडजोर्नीका लागि प्लास्टर तथा प्रसुती पुनर्ताजगी, आदि पर्दछन् ।

वार्षिक सम्मेलनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई देशभरिबाट आएका स्वास्थ्यकर्मीहरूका प्रतिनिधीसँग साक्षात्कार गर्ने अवसर प्रदान गर्दछ । स्वास्थ्यकर्मीहरूले आफ्ना समस्याहरू राख्दछन् भने सरकारले तिनीहरूको उत्तर दिनुका साथै आगामी कार्यक्रमहरूबारे पनि जानकारी गराउँदछ ।

Share this:
आठौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन