निक साइमन्स अवार्ड

निक साइमन्स अवार्ड

प्रत्येक वर्ष एनएसआई तथा स्वास्थ्य मन्त्रालयले संयुक्तरुपमा नेपालमा उत्कृष्ट सेवा गरेका एक जना ग्रामीण स्वास्थ्यकर्मीको पहिचान गरी सम्मान गर्दछ ।

निक साइमन्स पुरस्कारको छनौटका आधारहरू :

  • ग्रामीण क्षेत्रको सेवा अवधि न्यूनतम ५ वर्ष भएको
  • समुदायले मन पराएको
  • संस्थागत उपयोगितामा वृद्धि भएको
  • नयाँ सेवा स्थापनाको लागि रचानात्मक भूमिका निर्वाह गरेको


एनएसआई तथा सरकारले पुरस्कारको लागि मनोनित कर्मचारीहरूको लामो सूचीबाट कामको थालनी गर्दछ । पहिलो चरणमा समुदायका अधिकारीहरूसँग पुरस्कार समितिले फोनबाट अन्र्तवार्ता लिईन्छ भने अन्तिम छनौटमा परेका स्वास्थ्यकर्मीहरु कार्यरत संस्थामा समिति टोलीले भ्रमण गर्दछ ।

यो पुरस्कार नेपालको ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको प्रतिनिधिको रुपमा प्रतिनिधित्व हुने गरी एकजना स्वास्थ्यकर्मीलाई प्रदान गरिन्छ । यो पुरस्कारमा ताम्रपत्रको साथमा धनराशीपनि दिइन्छ ।

Share this:
प्यूठान बरौला स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक श्री बाल गोपाल श्रेष्ठलाई निक साइमन्स अवार्ड २०१६ प्रदान गर्नुहुँदै माननीय स्वास्थ्य मन्त्रीज्यू श्री गगन कुमार थापा ।