चिकित्सकीय सेवा सहयोग कार्यक्रम
यो कार्यक्रम नेपाल सरकारको विकट अस्पतालहरुलाई सहयोग गर्ने कार्यक्रम हो जस अन्तर्गत आधारभूत रुपमा मानव संसाधन, अत्यावश्यक मेडिकल उपकरण र केही हदसम्म अस्पतालका चिकित्सकीय स्वास्थ्यकर्मीहरुको टोलीको बस्ने आवासको सुविधा लगायतमा सहयोग प्रदान गर्दछ । यो कार्यक्रम अस्पतालहरुको चिकित्सकीय सेवाको सुधारको अपेक्षा सहित सातै प्रदेशका विभिन्न तहका ४८ वटा अस्पतालहरुमा कार्यान्वयन गरिनेछ ।
कार्यक्रमको ढाँचा | |
हव अस्पताल – १ | विवरण: चिकित्सकीय सेवाको विभिन्न क्षेत्रहरुमा गुणस्तरीय सेवा प्रदान गर्नको लागि स्त्रीरोग/एमडीजीपी (जीपी), इन्टरनल मेडिसिन, अर्थोपेडिक सर्जन, बालरोग, जनरल सर्जन, एनेस्थेसियोलोजिष्ट लगायतका विशेषज्ञहरु सहित मेडिकल अफिसर, प्यारामेडिकल कर्मचारीहरु एनेस्थेसिया एसिस्टेन्ट, स्टाफ नर्स र वायोमेडिकल उपकरण टेक्निसियनको टोली महत्वपूर्ण रहन्छ । यी विशेषज्ञहरुलाई स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति कार्यक्रम अन्तर्गत पदस्थापन गर्नेछ भने एनएसआईले कार्यसम्पादन मूल्यांकनको आधारमा बोनस प्रदान गर्नेछ । यसको साथै एनएसआईले अस्पतालमा कार्य सम्पादनको वातावरण तयार गर्न सहयोग प्रदान गर्नेछ । उद्देश्यः स्वास्थ्य मन्त्रालयको MD/MS छात्रवृत्ति कार्यक्रमबाट निस्केका विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा प्रदानको सुनिश्चित्ता गर्ने । |
प्राइमरी र सेकेण्डरी ए अस्पतालहरु – ४२ |
विवरण: उद्देश्यः |
स्थानीय तहका स्तरोन्नति भएका अस्पतालहरु – ५ |
विवरण: उद्देश्यः |
कार्यक्रम कार्यान्वयन भएका जिल्लाहरु: