अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रम

अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रम


सन् २०११ मा एनएसआईले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग सहकार्य गरी अस्पताल व्यवस्थापन तालिम सम्बन्धी आवश्यकता पहिचान तथा सो सम्बन्धी अभिलेखहरुको समीक्षा गरेको थियो । सो समीक्षाको निचोडलाई नेपाल मेडिकल एशोसियशनको जर्नलमा प्रकाशित गरिएको थियो । सन् २०१३ मा अस्पताल व्यवस्थापन तालिम कार्यक्रमलाई परीक्षणको रुपमा संचालन गरिएको थियो । सो तालिममा सहभागी अस्पतालहरु (जिरी, रामेछाप, वर्दिया, प्यूठान) ले विरामीको सेवासँग प्रत्यक्ष सरोकार राख्ने उनीहरुको व्यवस्थापन पद्दतिमा केही सकारात्मक परिवर्तनहरु देखाए ।

अस्पताल व्यवस्थापन समितिहरुलाई प्रभावकारी बनाउन सुदृढीकरणको आवश्यकता रहेको उक्त परीक्षण कार्यक्रमको निचोड थियो । यस अन्तर्गत अस्पताल व्यवस्थापन समितिको जवाफदेहिता र समितिका पदाधिकारीहरुको सहयोग दुवै रहेको थियो । उक्त परीक्षण कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग मिलेर तयार गरिएको थियो । सो कार्यक्रमको सिकाई के पनि थियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न शाखाहरुले अस्पतालको प्रभावकारितामा असर पारेको हुन्छ ।

एनएसआईले जुन २०१४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कमसेकम ४५ वटा जिल्ला अस्पतालहरुमा अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रम लागू गर्नको लागि तीन बर्षे सम्झौता पत्रमा हस्ताक्षर ग-यो ।

कार्यक्रमको उद्देश्य

सुशासन, असल नेतृत्व तथा असल व्यवस्थापनको माध्यमबाट सेवा सम्बन्धी तोकिएको राष्ट्रिय मापदण्डमा पुगी जिल्ला अस्पतालहरुको प्रभावकारितामा वृद्धि गरी जनताको स्वास्थ्य सम्बन्धी अधिकारलाई निश्चित गर्ने ।

कार्यक्रमका लक्ष्यहरु

  • जिल्ला अस्पतालहरुको सेवा सम्बन्धी राष्ट्रिय मापदण्डलाई परिमार्जित तथा स्पष्ट पार्ने
  • अस्पताल व्यवस्थापन समितिलाई जवाफदेही तथा प्रभावकारी बनाउन सुदृढीकरण गर्ने
  • सुधारिएको नेतृत्व तथा व्यवस्थापनको माध्यमबाट अस्पतालमा भएका कमीकमजोरीहरुलाई पुरा गरी अस्पतालहरुलाई तोकिएको मापदण्ड पुरा गर्न चुनौतिका दिनुका साथै सहयोग गर्ने ।

कार्यक्रमको समिति

यो कार्यक्रम एउटा निर्देशन समिति (जसको अध्यक्षता स्वास्थ्य मन्त्रालयका सचिवले गर्नुहुन्छ) र प्राविधिक कार्य समूह (जसको अध्यक्षता रोग निवारण महाशाखाका प्रमुखले गर्नुहुन्छ) तथा विभिन्न शाखा र केन्द्रका सम्बन्धित पदाधिकारीहरु जसको कार्यक्रमले अस्पताल सेवामा प्रभाव पार्दछ, बाट संचालित छ ।

कार्यक्रम कार्यान्वयन

१. न्यूनतम सेवा गुणस्तर सम्बन्धी गोष्ठीहरु

स्वास्थ्य मन्त्रालय तथा एनएसआईले १२ देखि १५ जना अस्पताल व्यवस्थापकहरु (व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु, जिल्ला स्वास्थ्य अधिकृत, मेडिकल अधिकृतहरु, नर्स/ल्याव/एक्सरे इन्चार्ज, वित्त तथा अन्य प्रशासकहरु) लाई क्लस्टर मिटिङ्गमा आमन्त्रण गर्दछ । उक्त क्लस्टर मिटिङ्गले ६ महिनाको अवधिमा ३ वटा सृंखलावद्ध गोष्ठीहरुबाट ३ देखि ४ वटा अस्पतालहरुका व्यवस्थापकहरुलाई एकै ठाउँमा ल्याउँदछ । उक्त गोष्ठीमा अस्पताललाई MSS Tool को बारेमा अभिमुखीकरण गर्ने, व्यवस्थापन तालिम दिने र कमी कमजोरीहरु पुरा गर्न कार्य योजना बनाउन सहजीकरण गर्ने गरिन्छ ।

२. अस्पतालको अनुदान

न्यूनतम सेवा गुणस्तर लागू गर्दा देखिएका कमीकमजोरीहरुलाई पुरा गर्नको लागि सहयोग गर्न एनएसआईले बार्षिक रुपमा अस्पताल व्यवस्थापन समितिलाई अनुदान दिने गर्दछ । यसको लागि केही मापदण्डहरु पुरा गर्नुपर्ने हुन्छ : क) व्यवस्थापन महाशाखाले उपलब्ध गराएको तथा आन्तरिक रुपबाट आर्जित कोषलाई परिचालित गरिसकेपछि एनएसआइले प्रदान गर्ने अनुदानले कसरी सहयोग गर्न सक्छ भनेर व्यवस्थापन समितिले आधारहरु प्रष्ट गर्नुपर्दछ । ख) निश्चित सामानहरुको खरीदको लागि । ग) गत बर्ष व्यवस्थापन महाशाखा तथा एनएसआईले प्रदान गरेको अनुदानको सही उपयोग भएको हुनुपर्ने (उपलब्ध खाताहरुको लेखा परीक्षण भएको हुनुपर्ने) ।

३. अस्पतालको फलोअप

एनएसआईको कर्मचारीहरुले अस्पतालको प्रगतिको अवस्था हेर्न कम्तीमा बर्षको दुई पटक अस्पतालको भ्रमण गर्नेछ ।

कार्यक्रमले ओगटेको भौगोलिक क्षेत्र

कार्यक्रम प्रवेश गरेको बर्ष

पूर्वाञ्चल

मध्यमाञ्चल

पश्चिमाञ्चल

मध्य–पश्चिम

सुदूर–पश्चिम

अघिल्लो
(२०१४–१५)
जम्मा : १८

  • ताप्लेजुङ्ग
  • पाँचथर
  • इलाम
  • जलेश्वर (महोत्तरी)
  • मलंगवा (सर्लाही)
  • तौलिहवा (कपिलवस्तु)
  • तम्घास (गुल्मी)
  • सन्धीखर्क (अर्घाखाँची)
  • भैरहवा (रुपन्देही)
  • रोल्पा
  • रुकुम
  • सल्यान
  • प्यूठान
  • बाजुरा
  • डोटी
  • अछाम

पहिलो १
(२०१५–१६)
जम्मा : २७

  • तेह्रथुम
  • भोजपुर
  • संखुवासभा
  • गाइघाट (उदयपुर)
  • कटारी (उदयपुर)
  • खोटाङ्ग
  • जिरी (दोलखा)
  • रामेछाप
  • सिन्धुली
  • बर्दीबास (महोत्तरी)
  • चन्द्रनिगाहपुर (रौतहट)
  • पोखरिया (पर्सा)
  • मुस्ताङ्ग
  • म्याग्दी
  • पर्वत
  • दमौली (तनहुँ)
  • बन्दीपुर (तनहुँ)
  • दैलेख
  • दुल्लु (दैलेख)
  • मेहेलकुना (सुर्खेत)
  • गुलरिया (वर्दिया)
  • मुगु
  • कालिकोट
  • बैतडी
  • दार्चुला
  • गोकुलेश्वर (दार्चुला)
  • बझाङ्ग

दोश्रो वर्ष
(२०१६–१७)
जम्मा : ३०

  • फाप्लु (सोलुखुम्वु)
  • रुम्जाटार (ओखलढुंगा)
  • रंगेली (मोरङ्ग)
  • धनकुटा
  • इनरुवा (सुनसरी)
  • लाहान (सिरहा)
  • सिरहा
  • भारदह (सप्तरी)
  • रसुवा
  • त्रिशुली (नुवाकोट)धादिङ्ग
  • हेटौंडा (मकवानपुर)
  • रत्ननगर (चितवन)
  • बगौडा (चितवन)
  • मेथिनकोट (काभ्रे)
  • चौतारा (सिन्धुपाल्चोक)
  • मनाङ्ग
  • गोरखा
  • शिवराज (कपिलवस्तु)
  • पिपरा (कपिलवस्तु)
  • पृथ्वीचन्द्र (नवलपरासी)
  • स्याङ्गजा
  • रामपुर (पाल्पा)
  • पाल्पा
  • डोल्पा
  • हुम्ला
  • जाजरकोट
  • जोगवुडा (डडेल्धुरा)
  • टिकापुर (कैलाली)
  • मालाखेती (सुर्खेत)

तेस्रो वर्ष
(२०१७–१८)
जम्मा : ७५

कोचिङ्ग, फलोअप

कोचिङ्ग, फलोअप

कोचिङ्ग, फलोअप

कोचिङ्ग, फलोअप

कोचिङ्ग, फलोअप

कुल जम्मा

१७

१८

१७

१३

१०

 

७५

    

 

Share this: