तालिम

तालिम

एनएसआईको तालिम दुई सिद्धान्तबाट निर्देशित गर्दछ  : (१) सरकारको ग्रामीण पद्दतिलाई प्रभावित पार्ने जनशक्तिहरुको छनौट गर्ने, र (२) गुणस्तरीय तालिम प्रदान गर्न नेपालका उत्कृष्ट अस्पतालहरुसँग साझेदारी गर्ने ।

रणनीतिक जनशक्ति
तालिमको लागि उपयुक्त स्वास्थ्यकर्मीको छनौट ।

आदर्श ग्रामीण स्वास्थ्यकर्मी टोली गठनको लागि कुन स्वास्थ्यकर्मीको भूमिका रहन्छ ? शल्यक्रिया गर्न, भाँचिएको पाखुरालाई मिलाउन, ज्वरो आएको विरामीको व्यवस्थापन गर्न अथावा कुपोषित बच्चाको उपचार गर्न कुन स्वास्थ्यकर्मीको आवश्यकता रहन्छ ?

नेपालको स्वास्थ्य मन्त्रालयसँग नजीक रही एनएसआईले स्वास्थ्य सेवाप्रदायक टोलीमा रहेको खाडल पुर्ने काम गर्दछ । यसको लागि प्रायजसो ‘task-shifting’ पद्धतिको अवलम्बन गरी उपलब्ध भएका कर्मचारीहरुबाट नै कार्य गराईन्छ ।

कोर्स सीप जनशक्ति
एनेस्थेसिया एसिस्टेन्ट आकस्मिक शल्यक्रियाहरूको लागि आधारभूत एनेस्थेसिया नर्सहरू र पारामेडिक्सहरू
बायोमेडिकल उपकरण
टेक्निसियन

औजार मर्मत तथा प्रतिकारात्मक व्यवस्था

कक्षा १२ उत्तीर्ण विद्यार्थीहरू र अस्पतालका सहयोगी कर्मचारीहरू

निरन्तर चिकित्सा शिक्षा (सिएमई) विरामी व्यस्थापनको लागि दुर शिक्षा सामान्य डाक्टरहरू
निरन्तर पेशागत विकास (सिपिडि) मेडिकल पेशामा दक्षता कायम राख्ने    डाक्टरहरु, नर्सहरु तथा प्यारामेडिक्सहरु
बायोमेडिकल उपकरण इन्जिनियरिङ्गमा प्रमाणपत्र (डिविईई) औजार मर्मत तथा प्रतिकारात्मक व्यवस्थामा प्रमाणपत्र आइएससी वा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण
मिड लेभल प्राक्टिकम (एमएलपी) सामान्य उपचारको लागि चिकित्सा सीप पारामेडिकलहरू
अपरेशन थियटर तालिम व्यवस्थापन अपरेशन थियटर व्यवस्थापन नर्सहरू
दक्ष प्रसुतीकर्मी (एसबीए) नियमित र जटिल प्रसुतीहरू नर्सहरू र अनमिहरू

 
साझेदारहरू
विविध सञ्जाल मार्फत तालिम प्रदान

गुणस्तरीय स्वास्थ्यसेवा तालिमका लागि तालिम गर्दागर्दै क्लिनिकल सीपको अनुभव हुने खालको हुनुपर्दछ । प्रायजसो काठमाडौं बाहिर रहेका ठूला अस्पतालहरु – मिसन, गैर सरकारी तथा सरकारी – को सञ्जाल मार्फत एनएसआईले कार्य गर्दछ ।


Share this: