वृत्ति विकासको निरन्तरता (सिपिडि)

वृत्ति विकासको निरन्तरता (सिपिडि)

दक्षतालाई टिकाई राख्ने कुरा मेडिकल क्षेत्रमा त्यति सजिलो छैन । तालिमको अवधिमा सिकेका सीप तथा ज्ञानहरु बर्षैपिच्छे ह्रास हुँदै गैरहेको हुन्छ । अझ शहरी क्षेत्र तथा मेडिकल कलेजहरुबाट टाढा रहेर प्राक्टिस गर्ने स्वास्थ्यकर्मीहरुको हकमा यो सम्भावना बढी नै रहन्छ ।

डाक्टर, नर्स तथा प्यारामेडिक्सहरुले गुणस्तरीय सेवा निरन्तर प्रदान गरोस् भन्नाको लागि निक साइमन्स इन्स्टिच्यूट विभिन्न उपायहरु अवलम्वन गर्न प्रतिवद्ध छ । यसै सन्दर्भमा NSI ले वेवसाइटको निर्माण गरेको छ जसबाट अन्तरक्रियात्मक तथा केशस्टडीमा आधारित मेडिकल शिक्षा प्रदान गर्दछ । NSI को आफ्नो सिएमई कोर्षको अलावा अन्य सिएमई प्रदायकहरुसँग सहकार्य गरी गुणस्तरीय शिक्षण सामाग्रीहरुको निर्माण गरेको छ जसलाई दुरशिक्षाको माध्यमबाट मेडिकल पेशाकर्मीहरुले प्रयोग गर्न सक्छन् ।

प्रयोग गर्ने तरिका

१. सर्वप्रथम www.cpd.nsi.edu.np टाईप गरी वेवसाइट खोल्नुहोस् र आफ्नो “एकाउन्ट बनाउनुहोस्” ।
२. लग इन गर्नुहोस् र त्यहाँ उपलब्ध विभिन्न मोड्युललाई हेर्नुहोस् ।
३. आफ्नो विशेषज्ञता अनुसार फिल्टर गर्नुहोस् ।
४. आफ्नो प्रोजेक्ट शुरु गर्नुहोस्, ८०% अंक ल्याई पुरा गर्नुहोस्, सिपिडि क्रेडिट कमाउनुहोस र सर्टिफिकेट प्राप्त गर्नुहोस् ।

हामी तपाईहरुलाई शुभकामना व्यक्त गर्दछौं । यो वेवसाइट सम्बन्धी तपाईहरुको सल्लाह तथा सुझावको लागि nsicpd@nsi.edu.np मा लेखी पठाउनुहोला ।

Share this:
वृत्ति विकासको निरन्तरता