हालको समाचार

वार्षिक एमडीजीपी वैठक

28 Nov, 2017

नोभेम्वर २७ र २८ का दिन एनएसआईले दुईदिने वार्षिक एमडीजीपी वैठकको आयोजना ग-यो । यो वैठकको मुख्य उद्देश्य जिल्ला अस्पतालहरुको परिणाम तथा अस्तापलहरुले भोगिरहेका समस्याहरुका बारेमा पुनर्मूल्यांकनका साथै जिल्ला अस्पतालहरुको सेवाको गुणस्तरमा थप सुधारका लागि योजना बनाउनु पनि रहेको थियो ।

सो वैठकमा ग्रामीण कर्मचारी सहयोग कार्यक्रम (RSSP) लागू भएका जिल्ला अस्पतालहरुमा कार्यरत एमडीजीपी डाक्टरहरु तथा छात्रवृत्तिमा एमडीजीपी अध्ययनरत रेसिडेन्ट डाक्टरहरुको सहभागिता रहेको थियो । यसैगरी, स्वास्थ्य सचिव डा. किरण रेग्मी, PPICD प्रमुख डा. श्रीकृष्ण गिरी, चिकित्सा महाशाखा प्रमुख डा. विकास देवकोटा, सुपरिवेक्षण तथा मूल्यांकन महाशाखा प्रमुख डा. दिपेन्द्र रमण सिंह, स्वास्थ्य सेवा विभागका नायव महानिर्देशक डा. चुडामणि अधिकारी, व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह तिंकरी, स्वास्थ्य तालिम केन्द्र निर्देशक श्री श्रीकृष्ण भट्टको समेत उपस्थिति रहेको थियो ।

Addressing by Dr Kiran

कार्यक्रमको दौरानमा स्वास्थ्य सचिव डा. किरण रेग्मी तथा स्वास्थ्य सेवा विभागका नायव महानिर्देशक डा. चुडामणि अधिकारीले संयुक्त रुपमा सफलतापूर्वक ग्रामीण क्षेत्रको अस्पतालमा सेवा दिएर एनएसआईसँगको सम्झौता पुरा गर्नु भएका ११ जना एमडीजीपी डाक्टरहरुलाई कदरपत्र पनि प्रदान गर्नु भएको थियो ।

MDGP Group



Share this: