हालको समाचार

एनेस्थेसियोलोजि सम्बन्धी १६औं विश्व सभा

16 Sep, 2016

अगस्ट २०१६ को अन्तिम साता एनेस्थसियोलोजिस्ट सम्बन्धी विश्व महासंघले एनेस्थेसियोलोजि सम्बन्धी १६औं विश्व सभा हंगकंगमा आयोजना गरेको थियो । प्रत्येक ४ बर्षमा हुने सो सभामा नेपालको एनेस्थेसिया एसिस्टेन्ट सम्बन्धी कार्यक्रमको प्रस्तुतिकरणको लागि एनएसआई लाई आमन्त्रण गरेको थियो ।

एनएसआईको तर्फबाट एनेस्थेसिया एसिस्टेन्ट अपग्रेड कार्यक्रमको लागि प्रयोगमा ल्याईएको इ–लगबुकको पोष्टर प्रस्तुतीकरणको लागि डा. सृष्टि शाहले प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो । यसका अलावा एनएसआईको तर्फबाट एनेस्थेसिया एसिस्टेन्ट तालिम सहयोगसँग सम्बन्धित जम्मा ६ वटा पोष्टरहरु प्रस्तुतिकरण गरेको थियो । सो सभामा एनएसआईको आफ्नो काम र क्षमतालाई विश्वव्यापी रुपमा चिनाउने मौका पाएको थियो ।

डाउनलोड गर्नको लागि डकुमेन्ट्समा क्लिक गर्नुहोला ।
1. Blended Learning for Rural Anaesthesia Providers in Nepal
2. Effectiveness of Task Shifting
3. Clinical Anaesthesia Video
4. AA FEP Brochure
5. 4143 Clinical Cases and Complications
6. A Distance Blended Learning Program
7. Twelve New Anaesthsia Emergency
8. The FEP a Model for On-site Coaching

Share this: