हालको समाचार

आठौं वार्षिक ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलन

24 Mar, 2017

निक साइमन्स इन्स्टिच्यूटले स्वास्थ्य सेवा विभाग तथा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुसँग समन्वय गरी तीन दिने गोष्ठीको आयोजना गरेको थियो । सो गोष्ठी मार्च २१ – २३ सम्म काठमाडौंमा सम्पन्न भएको थियो ।

उक्त सम्मेलनको मुख्य उद्देश्यहरु:
१.    स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्नुका साथै उनीहरुको उत्थान गर्ने ।
२.    निरन्तर मेडिकल शिक्षा (CME) प्रदान गर्ने ।
३.    सरकारी निकायमा रहेका पद्दतिहरुको बारेमा छलफल गर्नको लागि मन्च प्रदान गर्ने ।
४.    स्वास्थ्यकर्मीहरु, सरकारी निकाय र एनएसआई बीच भविष्यमा संजालको सम्भावनाको खोजी गर्ने ।

माननीय श्री गगन कुमार थापा, स्वास्थ्य मन्त्रीज्यूले समुद्घाटन गर्नु भएको सो सम्मेलनमा ६३ जिल्लाहरुबाट ११६ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Share this: