हालको समाचार

निक साइमन्स अवार्ड २०१६

25 Mar, 2017

विगत २१ बर्ष देखि दुर्गम समुदायमा रही स्वास्थ्यसेवा प्रदान गर्नुका साथै स्वास्थ्य संस्थाको सेवा उपयोगिता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोले बलौरा स्वास्थ्य चौकी, प्यूठानको जनस्वास्थ्य निरीक्षक श्री बाल गोपाल श्रेष्ठलाई निक साइमन्स अवार्ड २०१६ प्रदान गरिएको छ । अवार्डको लागि ३३ वटा जिल्लाबाट ४४ वटा सिफारिशहरु प्राप्त भएका थिए जसमध्ये ५ जना महिला र बाँकी ३९ जना पुरुषहरु थिए ।

सो अवार्ड माननीय श्री गगन कुमार थापा, स्वास्थ्य मन्त्रीज्यूले आठौं वार्षिक ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलनको समुद्घाटन सत्रमा वितरण गर्नु भएको थियो ।

Share this: