लिखित कथाहरु

कर्णाली अञ्चलमै पहिलो पटक पेटको शल्यक्रिया

15 Sep, 2016 By: डा. ज्वाला थापा

अबेर राती, फोनको घण्टी बज्यो र सोचेजस्तै त्यो बोलावट अस्पतालबाट थियो । दुईजना डाक्टरहरूको साथमा म आफैं विरामी हेर्न गएँ । एक जना विरामी दुई दिनदेखि पेट दुखेको शिकायत गर्दै थिइन् । उनको दुखाई मध्यम खालको थियो भने उनको अरु कुनै शिकायत थिएन । आकस्मिक सेवाका कर्मचारीले एसिलक र बुस्कोपानको सुई दिइसकेका थिए तर उनी भन्दै थिइन् कि केही सुधार भएको छैन र दुखाइ पनि बढ्दो छ भनेर । मैले बिरामी र उनको परिवारका सदस्यहरूबाट विमारको बिस्तृत इतिहास पत्ता लगाउने कोशिश गरें तर कुनै सान्दर्भिक बिन्दु भेट्न सकिन ।
त्यस्तैमा उनले चिकित्सकीय परिक्षण गराइन र दाँया कम्मरको क्षेत्रतिर दुख्ने बाहेक अरु खराबी नभएको भेटियो भने मैले उनलाई थोरै फुस्रो देखिएको महशुश गरे । विरामी प्रजनन् उमेरको भएकाले मैले उनको मासिक धर्म र प्रसवस्थाबारे सोधें तर उनले आफुलार्ई त्यसो केही खराबी नभएको कुरा बताइन् । त्यसैले हामीले रगत, पिसाब जस्ता आवश्यक प्रयोग शाला परिक्षण गर्ने निर्णय गर्यौं । हामीले पेट र पुठ्ठाको अल्ट्रासाउण्ड गर्ने योजना पनि बनायौं । बिरामीलार्ई दुखाई कम गर्ने औषधी दिई अल्ट्रासोनोग्राफीको लागि तयार बनायौं । डाक्टरले अल्ट्रासोनोग्राफी गर्नुभयो र पाठेघरको पछाडि केही पानी जमेको भेटाउनुभयो । बाँकी सब ठिक थिए । म बिरामीका अवस्थाबारे द्विविधामा थिँए त्यसैले विरामीको गर्भ रहेको परिक्षण गर्न पिसाव जाँच गराएँ । हामी रिपोर्टको पर्खाइमा थियौं भने विरामी पनि दुखाई कम पार्ने औषधीको प्रभावले गर्दा शान्त थियो । अन्तमा रिर्पोट आयो, उनको हेमोग्लोबिन ११ ग्राम प्रतिशत थियो भने गर्भ रहेको पनि थाहा भयो ।
अब हामीले सोच्यौं कि उनको पाठेघर बाहिर गर्भ रहेको हुन सक्छ किनकी उनको गर्भ बसेको थियो र अल्ट्रासोनोग्राफीमा पानी जमेको भेटिएको थियो । मैले बिरामीसगं यसबारे कुराकानी गरे तर उनी यस बारे अनभिज्ञ थिईन् । पाठेघर बाहिरको गर्भको व्यवस्थापन गर्न हाम्रो अस्पताल उपकरणले सुसज्जित नभएको हुनाले हामीले उपचारको बिरामी पक्षलाई भन्ने अवस्था थिएन, त्यसैले नेपालगञ्ज प्रेषण गरी पठाउने निर्णय गर्यौं । हामीले उनलाई परम्परागत रुपमा दुखाइ कम गर्ने औषधी र सलाइन पानी दिने निर्णय गर्यौं र भोलि पल्ट जहाज आउने आशा गर्यौं । रातको समयमा बिरामीको कुनै जटिल समस्या थिएन तर बिहानै हामीले उनको दुखाई र उत्तेजनाको खबर पाउने बित्तिकै उनको सामु गयौं । त्यहाँ उनको प्रमुख प्रक्रियाहरूमा स्थायित्व थिएन भने बेहोशीका लक्षणहरू देखिन्थ्यो । उनी साह्रै नै फुस्रो देखिएकी थिईन त्यसैले तुरुन्त हेमोग्लोबिन जाँच गर्न लगाइयो, कृत्रिम श्वाशप्रश्वास् दियौं, रिर्पोटले उनको हेमोग्लोबिन ६ ग्राम% (प्रतिशत) मात्र रहेको देखायो ।
जुम्लाको ब्लडबैंकमा रगत सञ्चित गरेर राख्ने प्रावधान नभएको हुँदा हामी साँच्च्किै आतियौं । हामीले सकेसम्म छिटो रगतको ब्यवस्था गरी उनलाई तरुन्तै ल्यापाराटोमी (पेटको चिरफार गरी उपचार गर्ने पद्धति) गर्न माथिल्लो केन्द्रमा पठाउनु पर्ने भैसकेको थियो किनकी त्यहाँ आन्तरिक रक्तश्रावको लक्षण थियो र यसलाई उनको अवस्थाले पनि पुष्टि गरिरहेको थियो । बिरामी पक्षले त्यस दिन जहाज नआउने कुरा पनि थाहा पाए । अब कुनै पनि मुल्यमा हामीले नै बिरामीको ब्यवस्था गर्नुपर्ने भयो । अस्पतालमा यस भन्दा अघि यस प्रकारको उपचार गरेको इतिहास नै थिएन त्यसैले हामी तनावमा थियौं । त्यसबेला अस्पतालमा एक वरिष्ठ स्वंयसेवक डाक्टर हुनुहुन्थ्यो त्यसैले एडभान्स दक्ष प्रसुती सहयोगीको तालिम लिइसकेको मैले उनीसँग मिलेर शल्यक्रिया गर्ने निधो गरें किनकी त्यहाँ हामीले गर्न सक्ने अरु बिकलप थिएन । बिरामीको हेमोग्लोबिन  धेरै नै कम हुनाका साथै रक्तश्राव पनि हुन सक्ने भएकोले शल्यक्रिया गर्नका लागि हामीलाई कम्तीमा पनि ४ पिन्ट रगत  चाहिन्थ्यो । भाग्यवश, एकजना डाक्टरको रगत समूह बिरामीकै समूहको थियो र तिनले तरुन्तै १ पिन्ट रगत दिए । ती डाक्टरलाई धन्यबाद दिंदै हामीले शल्यक्रिया थाल्यौं र गर्दागर्दै अरु स्वंयसेवकहरू पनि रक्तदान गर्न आइपुगे ।
हामीले पेट खोल्दा त्यहाँ डेढ लिटर जति रगत थियो । रगत तानी सकेपछि खातलेर हेर्दा दाँया डिम्बासयमा रहेको कर्पस लुटियल सिष्ट फुटेको पायौं । यसलाई खोतलेर बाँधी दियौं तै पनि रक्तश्राव रोकिएन । हामीले रक्तश्रावको मुहान फेला पार्न सकिरहेका थिएनौं । हामीले आन्द्राहरू पनि खातलेर हेर्यौं र हाम्रा अनुभवले भ्याएसम्मका सबै प्रयत्न गर्यौं तर पनि त्यहाँ केही रक्तश्राव भैरहेको थियो जुन हामीले नियन्त्रण गर्न सकेनौं । ठिक त्यसैबेला बिरामीले ३ पिन्ट रगत पाइसकेका थिए ।
शल्यक्रिया गरेको झण्डै ४ घण्टा भैसकेको थियो भने बिरामी शान्त र स्थिर भएता पनि पेटमा अझै पनि रगत संकलन भैरहेको थियो । पेटका भित्री अंग र आन्द्रालाई हानी पुर्याउन सक्ने त्यस्ता कुनै बिन्दु नभेटिएपछि हामीले एउटा नलि राख्ने निर्णय गरयौं र उनको पेट बन्द गरी शल्यक्रिया पछिको कोठामा पठायौं । रातको समयमा उनलाई हलुका ज्वरो थियो र बान्ता आउला जस्तो भएको थियो अन्यथा उनी स्थिर नै थिइन । जम्माजम्मी उनले ६ पिन्ट रगत पाइन् । बिहानताका बिरामी केही स्थिर थिइन र हेमोग्लोबिन नाप्दा १० ग्राम प्रतिशत थियो । तर अझै पनि संकलन थैलीमा केही रगत सकंलित थियो । बिहानको समयमा करिब २०० मि.ली रगत संकलित थियो भने बहाव नलिबाट अझै पनि रगत बगिरहेको थियो, त्यसैले हामीले नली राखी नै रह्यौं । त्यसदिन साँझपखबाट हामीले मुखबाट पनि झोल खुवायौं जुन बिरामीले सजिलै लिएको थियो ।
संकलन थैलीमा ४८ घण्टा समयावधिमा करिव ८५० मि.ली रगत सकंलन भएको थियो । भोलीपल्ट निकै कम मात्रामा रगत संकलित थियो त्यसैले हामीले बहव नलि झिकीदियौं । घाउ पनि स्वस्थ थियो र प्रमुख कुरा, बिरामीको अवस्था साह्रै राम्रो थियो र कुनै पनि समस्या नभएको कुरा बताइन् । उनी एक हप्ता जति अस्पतालमै बसिन र राम्ररी निको भएपछि घर गइन । उनी अझै पनि अनुगमनको लागि आउँछिन् र उनलाई देख्दा हामी असाध्यै हर्षित हुन्छौं किनकी हाम्रो परिश्रम र बचावटले राम्रै मुल्य पाएको छ । खासै धेरै सुविधा नभएको र अग्रज (सिनियर) डाक्टरहरू पनि नभएको ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरूमा घटेका यस्ता घटना र अनुभवले जो कोहीलाई पनि दीर्घकालसम्म बलियो र तर्कपूर्ण बनाउँछ भन्ने मैले बिश्वास लिएको छु ।

डा. ज्वाला थापा
मेडिकल अधिकृत
कर्णाली अञ्चल अस्पताल

Share this: