लिखित कथाहरु

भीरबाट खसेर दुर्घटनामा परेकी वालिकाको सफल उपचार

12 Sep, 2016 By: पुष्पराज उपाध्याय

कविता कुमारी सिंह बझाङ्ग जिल्लाको कैलास गा.वि.स. वडा नं. ४ मा बस्छिन । उनको बुवाको नाम डम्बर बहादुर सिंह हो । उनको उमेर ९ वर्षको थियो र कक्षा ४ मा स्थानीय प्रा.वि. मा अध्ययन गर्दै आइरहेकी थिइन । २०६७ साल बैसाख महिनाको कुरा हो शनिवारको दिन विद्यालय बन्द थियो । उनी बाख्रा चराउन घर नजिकैको जंगल गएकी रहिछन् । हातमा डोरी समातेर बाख्रा चराईरहेकी बेला एक्कासी बाख्राले भीरबाट तलतिर हामफालदाखेरी हातमा समातेको डोरी नाडीमा अल्झिएछ र बाख्रा दौड्दै जाँदा तिनी माथि भीरबाट निकै तल चट्टानमा खसिन् । वालिकाको रुवाईको आवाजले गाउँलेहरुले उसको घरमा खवर गरि दिए र तत्काल कवितालाई स्ट्रेचरको व्यवस्था गरी जिल्ला अस्पताल चैनपुर तीर ल्याए । कैलास गा.वि.स. बाट जिल्ला अस्पतालसम्म आइपुग्न ४ घण्टाको पैदल यात्रा गर्नुपर्छ । कवितालाई दिउँसो २ बजे तिर जिल्ला अस्पताल पु¥याईएको थियो ।

शनिवारको दिन हुनाले OPD बन्द थियो । म ER  मा थिएँ र एकजना कार्यालय सहयोगी थिए । Pts रगताम्य भिजेको देखिन्थ्यो । के भएर ल्याएको भनी सोध्दा लडेर चोट लागेको भन्ने उत्तर आयो र मैले ER को Procedure room   मा राख्न लगाएँ । उनी अप्ठ्यारो गरी सास फेरी राखेकी थिइन । मैले Pts लाई तत्काल बेडमा सुताउन लगाई Air way patent  पारे C-spine  लाई हलचल नगराई राख्न cervical collar लगाईदिए । जिव्रो टोकिएको हुनाले मुखैभरी रगत थियो । त्यसलाई Gauze peace  ले सफा गरी दिए र guidal aimlay  राखे । Blood  र secretion लाई राम्ररी हटाउन suction गरें । सास राम्ररी फेरेको निश्चित गर्न छातीका कपडा फुकालेर छाती चले नचलेको हेरें र Stethoscope ले छातीको दुवैतिर Ascultation गरे । दुवै छातीमा Airt entry clear  थियो तर थोरै creps सुनिन्थ्यो । मेरो सहयोगीलाई IV fluid दिनको लागि चाहिने सामाग्री तयार पार्न लगाए र यति नै बेला मैले Dr Bikalp  लाई Phone गरी हालें । IV fluid  दिने सामान तयार भएपछि तुरुन्त 20g को Canula प्रयोग गरी 500ml NS IV bolvs दिएँ । तैपनि उतक pale नै देखिएकोले अर्को हातमा पनि vain open गरी ing NS जोडिदिएँ । त्यसपछि vital sign  लिए जसमा pulse – 125 weak and fast  थियो ।RR – 26, SPo2 – 65  थियो ।

मैले तत्कालै indoor बाट Oxygen concentrator  ल्याएर Pts लाई लगाई दिन का.स. लाई अह्राएँ । यतिबेला Dr Bikalpa  आइपुग्नु भयो र pts को condition  बारे Dr लाई जानकारी गराएँ ।

अब हामी दुवैजना pt को examination गर्न थाल्यौं ।

I/E
Head– टाउकोबाट Bleeding भइरहेको हुनाले टाउकोमा रगत थाम्न बाँधेको चुन्नी फुकाल्यौं । टाउकोको छाला यति नराम्ररी काटिएको रहेछ कि कोही मानिस टाउकोमा हेर्नपनि नसक्ने अवस्था थियो । Forehead मा स्पष्ट Fracture देखिन्थ्यो । Scalp को Skin छिया छिया परि काटिएको थियो । सफा गर्ने बेला उक्त छाला सबै पल्टाएर occipital Region मा राख्न सकिन्थ्यो ।
ENT – normal  थियो ।
Tongue –  काटिएको थियो ।
Chest – Clear A/E, creps
P/A – soft, non tender
Extrimities - R elbow swelling  र Deforming  देखिन्थ्यो । र Leg मा small multple abaration  देखिन्थ्यो । vital sign हरु बिस्तारै stable  हुन लागेको पाइयो र wound clean गरी पट्टी बाँधीदियौं । र Investigation गर्न पठायौं जसमा
X-ray Scalp Ap/LAT
X-ray C S pine Ap/LAT
X-ray L Spine Ap/LAT
X-ray C X R PA view
X-ray ® Elbow AP/LAT
Blood for HB% grouping cross match

Investigation report  आउन पर्खियौं । त्यतिबेलासम्म pts लाई कम्बल ओढाई न्यानो पार्ने रvital sign monitoring गर्ने काम गरें । केही समयमा नै report प्राप्त भयो जसमा,
1. Frontal bone Depressed fracture  थियो ।
2. (R) Supracendyle Fracture  थियो ।
3= Hb 4% / Blood group B+ve  थियो ।

रिपोर्ट हेरिसकेपछि डाक्टरले विरामीलाई नेपालगन्ज मेडिकल कलेज Refere गर्ने विचार गर्नुभयो र मलाई Refere काजज तयार पार्न भन्नुभयो र बिरामीको आफन्तलाई Refere गर्नुपर्ने बारे बताउन थाल्नुभयो । मैले विरामीको History र हामीले गरेको उपचार विरामी पूर्जामा लेखी Refere तयार पारी दिएँ र बिरामीको बुबालाई दिंदाखेरी आँखा भरी आसँुपार्दै भन्नुभयो म बिरामीलाई नेपालगन्ज लगेर उपचार गर्न सक्तिन । मेरो आर्थिक अवस्था निकै कमजोर छ । यदि सकिन्छ भने यो अस्पतालमा नै उपचार गरिदिनुहोस् । यदि विरामी मरेपनि ठूलो ठाउँमा लगेर उपचार गराउन सक्दैन भनेपछि डाक्टर विकल्पले मेरो मुखमा हेर्नुभयो र भन्नुभयो OY मा सामान तयार पार्नुपयो ।

त्यसपछि विरामीको high risk consent  लगें र एकजना अनमीलाई OT को सामान तयार गर्न भनें । म र कार्यालय सहयोगी मिलेर विरामीको टाउकाको रौं खौरियौं । विरामीलाई दुखाई कम गर्न Inj Diclofenae  र Inj Diazopam  दिएको थियो । तर पनि केही पिडा महसुस गरी राखेकी थिई । IV fluid पाइ नै राखेको थियो । OT तयार भएको खवर आएपछि विरामीलाई लगियो जहाँ १ जना डाक्टर विकल्प, १ जना अनमी, १ जना का. सहयोगी र म गरी ४ जनाको टिम थियो । मलाई डाक्टरले एनेस्थेसिया दिने जिम्मा दिनुभयो । डाक्टरले घाउ सफा गर्ने र suture गर्ने काम गर्नुभयो । अनमीले डाक्टरलाई मद्दत गर्ने र का.स. ले आवश्यक सामान ल्याइदिने काम गरेका थिए । अन्दाजी ४ घण्टापछि घाउ सफा र suture गर्ने काम सकिएको थियो ।

त्यसपछि विरामीलाई वार्डमा सारियो । अव उसलाई दिनुपर्ने Inj TT, Antibiotics Inj pain killer, I/V fluid  र rigor control  को मात्रा अनुसार order गरी विरामीको विशेष स्याहार गर्न दुई दुई घण्टामा vital monitoring  गर्ने कुरा duty sister लाई भनेर डाक्टर र म  विरामीको लागि आवश्यक पर्ने रगतको खोजीमा लाग्यौं । हामीसँग रक्तदान गर्ने व्यक्तिहरुको नामावली भएकोले तत्कालै हामीले २ पिन्ट रगतको व्यवस्था गर्न सफल भयौं । १ पिन्ट हाम्रो अस्पतालको नासुले र अर्को १ पिन्ट विरामीको बुबाले दिनुभयो । र द्यत् गर्ने काम हामीले त्यहि दिन ग¥यौं र हामी बाहिर निस्क्यौं । हामीले प्रयास त धेरै गरेका छौं तर विरामी बाँच्न गाहारो छ डाक्टर विकल्पले भन्नुभयो । मलाईपनि त्यो विरामी बाँच्छ भन्ने आशा कमै थियो ।

दोश्रो दिन १० बजे विहान राउण्ड गर्न जाँदा विरामीको अवस्थामा कुनै सुधार आएको थिएन । राती २ पटक ाष्तक आएको कुरा ड्यटीमा रहेकी अनमीले जानकारी गराइन । विरामी धेरै छट्पटाउने गरेकी  थिई । विरामी भर्ना गरेको चौथो दिन अलिकति सुधारका लक्षणहरु देखिएका थिए । विरामी अलिकति बोल्न थाली, खानेकुरा माग्न थाली, घर जान्छु भनेर उसको बाबालाई सताउन थाली । पाँचौं–छैठौं दिनमा उ बढी तबपिबतष्खभ भई बढी बोल्ने, अनावश्यक कुरा बोल्न थाली । मैले किन यसरी बोल्दैछ भनी सोध्दा forehead मा चोट लागेका मानिस बढी talkative हुन्छ भनी डाक्टर विकल्पले भन्नु भयो ।

विस्तारै विरामीको अवस्थामा सुधार आउँदै थियो । उसको घाउको दैनिक सफा गर्ने काम मेरो नै  थियो । कत्तिको सुधार भएको छ भनी हेर्न डाक्टरपनि कहिलेकाही आउनुहुन्थ्यो । टाउकोमा ठूला ठूला घाउ परेका र bone पनि fracture भएको हुनाले घाउ पुरै निको हुन २४–२५ दिन लागेको थियो ।

अस्पतालमा बसुन्जेल कविताले हामीलाई चित्र बनाउने, चित्रमा रङ भर्ने, गीत गाएर सुनाउने गर्थिन । मलाई देखेर उनी अलि डराउथिन किनभने मैले उनको घाउ सफा गर्दा दुखाउने गर्थे र उनी दिनहुँ रुने गर्थिन । मलाई दुखाउने मन नभए तापनि Dressing गर्दा घाउ दुख्थ्यो उनी घाउ नदुखाईदिन अनुरोध गर्थिन् ।

अव उनको घाउ निको भई डिस्चार्ज गर्न मिल्ने अवस्था आएको थियो । झण्डै एक महिनाको पट्टयार लाग्दो अस्पताल बसाइलाई छोड्न पाउने हुनाले कविता निकै खुशी देखिन्थी । हामीले उसलाई डिस्चार्ज ग¥यौं र एक हप्ताको फलोअपमा बोलायौं । फलोअपमा आउँदा टाउकोको सबै घाउ निको भइसकेको थियो र दायाँ हातमा लगाएको प्लास्टरमात्र बाँकी थियो । हामीले check एक्सरे ग¥यौं । bone मा calcification हुँदै गईरहेको थियो । प्लाष्टर निकाल्न २ हप्तामा फलोअपमा बोलायौं । हामीले गरेको उपचारप्रति उनका बुबा अति नै खुशी थिए किनकी ठूलो ठाउँमा लगेर उपचार गर्ने उनको बुबाको आर्थिक अवस्था थिएन । हामीलाई भनेका थिए हजुरहरु नभएको भए मेरी छोरी बाँच्ने थिइन हजुरहरुले लगाएको गुणलाई म कहिल्यै विर्सने छैन ।

हाम्रो त उपचार गर्ने कर्तव्य थियो । आफूले हातमा लिएको केश निको हुँदा खुशी त लाग्ने नै भयो । तर यो अनपेक्षित सफलताको केश थियो जसलाई हामीले सफल उपचार गर्न सक्छौं भन्ने विश्वास थिएन । डाक्टर विकल्पले मेरो कार्य मूल्यांकन गरी रहनु भएको रहेछ । त्यो विरामीलाई मैले सफलतापूर्वक एनेस्थेसिया दिएको देखेर म प्रति खुशीपनि हुनुभयो र म प्रति बढी भरोसापनि गर्न थाल्नु भयो । आजभोलि वहाँले गर्ने हरेक C/S र MUA गर्दा मैले नै एनेस्थेसिया दिने गरी राखेको छु । यो मेरो जागिर अवधिको ६–७ वटा विर्सन नसकिने सफल उपचार भएको मध्ये १ प्रमुख केश स्टडी हो ।

पुक्ष्पराज उपाध्याय
सि.अ.हे.व.
जिल्ला अस्पताल, बझाङ्ग  

Share this: